
कोन्ज्याक जेलीहरू के हुन्?
कप जेलीहरू हालैका वर्षहरूमा खाजामा फेसन बनेका छन्। तिनीहरू सामान्यतया फलफूलको स्वादको दायरामा आउँछन्, जसमध्ये केहीमा उपभोक्ताहरूलाई आकर्षित गर्न फलफूलको सानो टुक्रा वा कोन्ज्याक पनि हुन्छ। मिनी कपहरूमा रहेको जेली, फ्रिज बिना जहाँ पनि खान सकिने भएकाले यो बच्चाहरूले मन पराउदछन्।
कोन्ज्याक जेली किन सावधानीपूर्वक सेवन गर्नुपर्छ?
कोन्ज्याक जेलीहरू यति साना हुन्छन् कि मानिसहरूले तिनीहरूलाई सिधै मुखमा चुस्ने गर्छन्। यी साधारण जेलीहरू भन्दा कडा हुन्छन् र मुखमा सजिलै घुल्दैनन्। चुस्नाले जेलीलाई टुक्रा-टुक्रा पार्न पनि गाह्रो बनाउँछ र जेलीले श्वासनलीमा सजिलै अवरोध पुर्याउँछ। विदेशी रिपोर्टहरूले औंल्याएअनुसार कोन्ज्याक जेलीहरू, अनुचित रूपमा सेवन गर्दा, श्वासनलीमा अवरोध हुन सक्छ र उपभोक्ताहरूलाई निसास्सिन पनि सक्छ।
कोन्ज्याक जेलीहरू सुरक्षित रूपमा कसरी सेवन गर्ने?
कोन्ज्याक जेलीहरू उपभोगको लागि सुरक्षित भए तापनि, तिनीहरूलाई अनुचित रूपमा सेवन गर्दा सजिलै दुर्घटना हुन सक्छ। मिनी कप कोन्ज्याक जेलीहरू उपभोग गर्दा निम्न सावधानी अपनाउनु पर्छ:
-
जेलीहरूलाई नचुस्नुहोस्।
-
जेलीहरू उपभोग गर्नु अघि साना टुक्राहरूमा काट्नुहोस्।
-
केटाकेटीहरू र वृद्धवृद्धाले कोन्ज्याक जेलीहरू उपभोग गर्दा धेरै सावधानी अपनाउनुपर्छ।
कोन्ज्याक जेलीहरूको उपभोगसँग सम्बन्धित जोखिमहरू कम गर्न निर्माताहरूले के गर्न सक्छन्?
निर्माताहरूले उत्पादनहरूको डिजाइन, विशेष गरी तिनीहरूको आकार सुधार गर्ने बारे विचार गर्नुपर्छ। उपभोक्ताहरूलाई जेली खाँदा सावधानी अपनाउन सम्झाउन प्याकेजमा चेतावनी थप्नुपर्छ।
कोन्ज्याक जेलीको सुरक्षित उपभोग सुनिश्चित गर्न सरकारले के गरेको छ?
सरकारले कोन्ज्याक जेलीको सुरक्षित उपभोगको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसारलाई तीव्र बनाएको छ। कुनै पनि दुर्घटनाबाट बच्नको लागि जेलीलाई सिधै चुस्नुको सट्टा आफ्ना बच्चाहरूलाई कोन्ज्याक जेली खाने सही तरिका सिकाउन अभिभावकहरूलाई आह्वान गरेको छ। उत्पादकहरूलाई सुझाव दिएर, सरकारले उत्पादनहरूको डिजाइन सुधार गर्न र उत्पादनहरूमा चेतावनी लेबलहरू जोड्न पनि आग्रह गरेको छ।
जनता, निर्माता र सरकारको त्रिपक्षीय सहयोग मार्फत, हामी सबैले कोन्ज्याक जेलीको आनन्द लिँदै रमाइलो गर्न सक्छौं।